Spread the love

काठमाडौं,९ चैत ।सोमबार देशभर पश्चिमी वायु तथा स्थानीय वायूको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

गण्डकी प्रदेशसहित देशका पहाडी र हिमाली भू–भागमा बिहानैदेखि बादल लागेको छ भने अन्य भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्