बुटवल, २५ साउन ।
न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको ८ औ वार्षिक सभा तथा चौथो अधिवेसनबाट नरेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन ।
सोमबार बुटवलमा भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष दिपक सिह अधिकारी, उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव रुक्मागत पुरि (रोहित), कोषाध्यक्ष यादव भण्डारी, सचिव गोबिन्द श्रेष्ठ, सहकोषाध्यक्ष उमाशंकर मालपाली, सदस्यहरु पवन कुमार श्रेष्ठ, लिल बहादुर थापा, विकास हमाल, खेम खाती, रामप्रसाद गैरे, रमेश पाण्डे, धन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत लोक प्रसाद खरेलले बताए । यसैगरि अध्यक्ष श्रेष्ठले दिपक गौतम, सन्तोष अर्याल, सन्जिप पिया र हरिशंकर गुप्तालाई क्लबको सदस्य पदमा मनोनित गरेका छन ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठले उद्घाटन गर्दै खेल पूर्वाधार र विकासमा स्थानिय सरकारको सधै साथ रहने बताए । विश्वमा नै देशको पहिचान दिलाउन सक्ने खेल क्षेत्रलाई ब्यवसायिक बनाउन जरुरी रहेको उनले बताए । स्वस्थ्यका लागिमात्र नभई अब राष्ट्रका लागि पनि खेल्ने समय आएको भन्दै ग्रासरुटमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष बोनिन पियाले खेलप्रेमीहरुको एउटा सानो समुहबाट शुरु भएर अहिलेको अवस्थाम क्लब आउदाको स्मरण गर्दै खेल अभियानमा सबैको साथ र अग्रसरताबाट करीब ९० लाख बढिको लागतमा कवर्ड हल निर्माण गर्न सफल भएको बताए । पूर्वाधार विकासका मारेको फड्को अब नियमित खेल अभ्यास र राष्ट्रिय खेल प्रतियोगिता आयोजनासम्मको जिम्मेवारी नया नेतृत्वलाई आएको उनले बताए ।
कार्यक्रममा क्लबका सल्लाहकार एजाज आलम, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, क्लबका संस्थापक अध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, वरिष्ठ उपाध्यक्ष दिपकसिह अधिकारी, बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष नलराज नेपालले शहरमा बसोबास गर्ने धेरैलाई खेल गतिविधि अनिवार्यजस्तो भएको भन्दै एकतावद्ध भएर खेल विकासमा अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रममा क्लबका महासचिव जिवकान्त काफ्ले र कोषाध्यक्ष बासुदेव श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैबिच खेल विकास र पुर्वाधार विकासमा योगदान दिने तत्कालिन शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरे, समाजसेवी शशिधर घिमिरे लगायतलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । क्लबमा हाल ७० जना सदस्यहरु आवद्ध छन ।






















