Spread the love

बुटवल, ६ चैत ६ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–२ का २६ वर्षीय अनिष आले, ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय अभिनाश गुरुङ (अभिषेक गुरुङ) र कञ्चन गाउँपालिका–३ घर भई हाल सिद्धार्थनगर–१३ बस्ने २२ वर्षीय सुजन सारु रहेका छन् ।

प्रहरीका अनुसार सिद्धार्थनगर नगरपालिका–१ क्षेत्रमा साँझ करिब ४ बजे गरिएको संयुक्त चेकजाँचका क्रममा शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । चेकिङका क्रममा अभियुक्तहरुको साथबाट डाईपोजाम, बुप्रेनोफिन र प्रोमिथाजिन जस्ता लागुऔषधका इन्जेक्सन ठूलो मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । साथै पोको, ओप्पो र नोकिया कम्पनीका मोबाइलसमेत बरामद गरिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्