Spread the love

काठमाडौं, १ चैत । बैङ्किङ कसूरसम्बन्धी मुद्दामा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिबाना सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको टोलीले योगेन्द्रप्रसाद श्रेष्ठलाई काठमाडौंको नागर्जुन नगरपालिका–५ सितापाइलाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष हुन् । संस्थासँग सम्बद्ध रही निक्षेपकर्ता तथा संस्थाको हितविपरीत हुने गरी अनियमित तथा गैरकानुनी गतिविधि गरी बैङ्किङ कसूर गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइएको थियो । यो प्रकरणमा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटारको पत्रका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

यस सम्बन्धमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गतेको फैसलाबाट श्रेष्ठलाई दुई वटा मुद्दामा सजाय सुनाएको थियो । अदालतले पहिलो मुद्दामा १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिबाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिबाना र ३ वर्ष कैद सजाय तोकेको थियो ।

यसरी दुवै मुद्दामा गरी कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिबाना र ६ वर्ष कैद सजाय ठहर भएको थियो । फैसला पछि फरार रहेका श्रेष्ठलाई २०८२ चैत १ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्