Spread the love

बुटवल,१८ माघ
नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशको छैठौँ स्थापना दिवसको अवसरमा प्रदेशभर विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रमहरू सम्पन्न भएका छन् । स्थापना दिवसको अवसरमा संघ लुम्बिनी प्रदेश तथा जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा रुपन्देहीको कोटिहवास्थित नेपाल अविनाश आश्रमको भवन निर्माणका लागि २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिको सघले जनाएको छ ।
दिवसको अवसरमा बाँके जिल्ला शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नवलपरासी शाखाले बर्दघाट–१४ स्थित सहयात्री नेपालमा आश्रित बालबालिकालाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । प्युठान शाखाले नेत्र ज्योति संघ तथा नरेन्द्र गायत्री आँखा अस्पतालको प्राविधिक सहयोगमा झिम्रुक गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरी १४७ जनाको आँखा परीक्षण, निःशुल्क औषधि वितरण र ५० जनालाई चस्मा वितरण गरेको छ ।

गुल्मी शाखाले रेसुङ्गा माध्यमिक विद्यालय, तम्घासमा प्राथमिक उपचार सामग्री प्रदान गरेको छ । अर्घाखाँची शाखाले कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । पाल्पा शाखाले तानसेनस्थित नीलसागर सेवा आश्रममा असहाय तथा वृद्धहरूलाई भोजन सहयोग गरेको छ ।
यसैगरी बर्दिया शाखाले बढैया ताल गाउँपालिका–५ मा वृद्धवृद्धालाई न्यानो टोपी र च्यावनप्रास वितरण गरेको छ। रोल्पा शाखाले दीप प्रज्वलन, कपिलवस्तु शाखाले बालगृहका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । दाङ शाखाले घोराही–१० नारायणपुरस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा स्वास्थ्य जाँच, फलफूल वितरण, कार्यालय सामग्री तथा १० हजार नगदसहित २५ हजार बराबरको सहयोग हस्तान्तरण गरेको छ ।

स्थापना दिवसको अवसरमा संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने , महासचिव प्रकाश ज्ञवालीले सम्पूर्ण औषधि व्यवसायीहरूलाई शुभकामना दिँदै आपसी एकता, संगठन सुदृढीकरण र गुणस्तरीय तथा सुरक्षित औषधिको सर्वसुलभ आपूर्तिमार्फत जनस्वास्थ्यमा योगदान गर्न सबैलाई आग्रह गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्