बुटवल,१८ माघ । नेपालिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले दुई वर्षका लागि मुक्तिराम पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको छ ।शनिबार मेरिल्याण्ड्समा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा चन्द्र ढकाल, सचिवमा प्रशन्ना दाहाल र कोषाध्यक्षमा सबिना बस्याल चयन भएका छन् ।
कार्यकारी सदस्यहरूमा अनिश मिश्र, नवीन गौतम, प्रह्लाद चापागाईं, रस्ना पालाञ्चोके, सुर्योतम दाहाल, रमेश सापकोटा, शंकरप्रसाद शर्मा, जमुना रोका र सरोज पाण्डे चयन भएका छन् । संरक्षकमा विनोद मैनाली, भूपाल सिटौला र रञ्जिता भण्डारी नियुक्त भएका छन् भने सल्लाहकारमा सूर्य गौतम, दिनेश पोखरेल, डा. मधु पुडासैनी, डाय राजु मानन्धर, उषा किरण वरिया पोखरेल र भुवन पाण्डे रहेका छन् ।
सभाको अवसरमा “रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात गर्दै हालसम्म उल्लेखनीय रक्तदान गर्ने भेषबहादुर थापा, अमेध थापा, विशाल भण्डारी, कमल चापागाईं, सबिना वश्याल, प्रकाश पन्थी, उमनाथ सुवेदी, मुक्तिराम पोखरेल, सरोज पाण्डे लगायतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सभामा एसोसिएसनकी अध्यक्ष रञ्जिता भण्डारी,प्रमुख अतिथि अष्ट्रेलियाका अवैतनिक महावाणिज्यदूत संजीव कुमार शर्मा, संरक्षक विनोद मैनाली, एनआरएन ओसियानिया संयोजक दिनेश पोखरेल, फेन्का न्यु साउथ वेल्सका को–अर्डिनेटर मुक्तिराम पोखरेल, समाजसेवी सूर्य गौतम, आरएसएनका सचिव कमल चापागाईं, पत्रकार डाय राजु मानन्धर, एनआरएन न्यु साउथ वेल्सका सचिव प्रताप पन्थी, सल्लाहकार सूर्य गौतम लगायतले रक्तदान जस्तो मानवीय कार्यले जीवन रक्षा गर्ने महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
नव–निर्वाचित अध्यक्ष मुक्तिराम पोखरेलले सदस्यहरूले व्यक्त गरेको विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा रक्तदान अभियानलाई अझ सुदृढ बनाउँदै समुदायसँग सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरे ।





















