बुद्ध पब्लिक र एभरेष्टलाई जिल्लास्तरिय भलिबलको उपाधि

173
Spread the love

बुटवल, ९ पुस । उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा सम्पन्न जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि छात्रतर्फ बुद्ध पब्लिक स्कुल र छात्रातर्फ एभरेष्ट बोर्डिङ स्कुलले चुमेको छ । कुवरवर्ती बोर्डिङ स्कुलको खेल मैदानमा बुधबार भएको फाईनल खेलमा बुद्ध पब्लिकले सेन्ट जोसेफ तथा एभरेष्ट ईगलिस बोर्डिङ स्कुललाई ३–० को सोझो सेटमा नै पराजित गर्दै उपाधि चुमेको हो । छात्रतर्फ बुद्ध पब्लिकले सेन्ट जोसेफ २५/२३, २५/१६ र २५/२२ को सेटमा जित निकालेको हो । प्रतियोगितामा मणिमुकुन्द तेस्रो स्थान हासिल गरेको छ । यसैगरि छात्रातर्फ एभरेष्टले कुवँरवर्तिलाई २५/१६, २५/१८ र २५/१३ को सेटमा पराजित गरेको हो । खेलमा न्यू होराईजन बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा छात्रतर्फ बुद्ध पब्लिकको सुरज मुसहर सर्वोत्कृष्ट खेलाडी, गम बहादुर सारु उत्कृष्ट सेटर, प्रदिप सुनार उत्कृष्ट ब्लकर, महेश नेपाली उत्कृष्ट सर्वर, सेन्ट जोसेफका दिपेश विक उत्कृष्ट स्पाईकर, सेन्ट जोसेफका टारजन कुवर उत्कृष्ट डिफेन्स, बुद्ध पब्लिकका प्रताप खवास उत्कृष्ट कोच, मणिमुकुन्दका मयन्क सार्कि राईजिङ प्लेयर, मणिमुकुन्द कै अनित बिक अनुसासित खेलाडी घोषित भए ।

यसैगरि छात्रातर्फ एभरेष्टकी मिना सुनार सर्वोत्कृष्ट खेलाडी, एभरेष्टकै प्रशंसा पौडेल उत्कृष्ट सेटर, ललिता बोहरा उत्कृष्ट ब्लकर, न्यु होराईजनकी अम्बिका झेंडी उत्कृष्ट सर्वर, कुवँरवर्तीकी मनोरमा डंगुरा उत्कृष्ट स्पाईकर, एभरेष्टकी रुपा लम्साल उत्कृष्ट डिफेन्स, एभरेष्टकै अर्जुन घिमिरे उत्कृष्ट कोच, एभरेष्टकै मनिका थारु राईजिङ प्लेयर, कुवँरवर्तीकी खिम कुमारी पुन अनुसासित खेलाडी घोषित भईन । प्रतियोगितामा विजेता टिमले नगद २० हजार रुपैया, उपविजेता टिमले १० हजार तथा तृतिय टिमले ५ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

एक समारोहका बिच राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश बुटवल प्रमुख रमाकान्त तिवारी, हिसान रुपन्देहीका उपाध्यक्ष बाबुराम बन्जाडे, प्याब्सन रुपन्देहीका अध्यक्ष तथा कुवरवर्तीका प्राचार्य दिपक खनाल, संयोजक लक्ष्मण अर्यालले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे । पुस ७ गतेबाट शुरु भएको प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्