Spread the love

काठमाडौँ ।

भारतमा जारी आईपिएलमा पञ्जाव किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा पञ्जावले चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको २१० रनको लक्ष्य पछाएको पञ्जावले १८.४ ओभरमा ५ विकेट गुमाउदै पुरा गरेको थियो । पञ्जावको जितमा कप्तान श्रेयस अय्यरले ५० रन बनाएका थिए भने प्रभसिम्रन सिंहले ४३, प्रियांश आर्याले ३९ र कूपर कोन्नोलीले ३८ रन बनाएका थिए ।

यसअघि चेन्नईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०९ रन बनाएको थियो । चेन्नईका लागि आयुष म्हात्रेले सर्बाधिक ७३ रन बनाए भने शिभम दुवेले ४५ र सरफराज खानले ३२ रन बनाएका थिए । चेन्नईले भने लगातार दोस्रो हार बेहोरेर सिजनको खराब शुरुवात गरेको छ ।

त्यस्तै आइपिएलमा आज दुई खेल हुदैछन् । शनिबँर दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स तथा गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्