काठमाडौँ ।
शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवालविरुद्ध अनुसन्धान गरिरहेको थियो ।
विभागले अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । विवादस्पद व्यापारी दीपक भट्ट पक्राउ परेको सम्पत्ति शुद्धीकरणको मुद्दामा अग्रवाल पनि जोडिएकाले पक्राउ परेको बताइएको छ ।




















