Spread the love

बुटवल, ३० फागुन ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानको देवदह इकाइ गठन गरिएको छ । शनिबार देवदहमा भएको भेलाबाट स्थानीय शैक्षिक व्यक्तित्व होमनाथ ढुङ्गानाको सभापतित्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । जसको सचिवमा छमबहादुर अधिकारी (सुरेन्द्र), कोषाध्यक्षमा गोमा बस्याल तथा सहायक सचिवमा मुन्नी न्यौपाने चयन भएका छन । त्यसैगरी सदस्यहरूमा गोविन्द ज्ञवाली, डा. कृष्ण गैरे, भगवती शर्मा तिवारी र गोमु विक रहेका छन । इकाइका वरिष्ठ उपसभापति, उपसभापति र सहायक कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने भएको छ ।

शनिबार भएको कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका सभापति बोनीन पियाले हृदयरोगका बिरामीको संख्या र समस्या बढ्दो रुपमा रहेको बताउदै सचेतनालाई प्राथमिकता दिएर आफुहरु अघि बढ्ने बताए । शहरी जिवनशैली र खानपानकै कारण समस्या देखिने गरेको भन्दै उनले जिल्ला र पालिकास्तरमा गठन गरिने समितिहरूबाट मुटुरोगसम्बन्धी जनचेतना कार्यक्रमलाई घरघरमा पुर्याउन आग्रह गरे ।

कार्यक्रममा देवदह नगरपालिकाका पूर्वमेयर हिराबहादुर खत्रीले हृदयरोगको जोखिम न्यूनीकरण र जनचेतना विस्तारका लागि प्रतिष्ठानबाट महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका रुपन्देही वरिष्ठ उपाध्यक्ष काजीमान श्रेष्ठ, सचिव राजेन्द्र कार्की तथा सदस्य अभिषेक भारीले संस्था स्थापना र विगतबाट गरेका योगदानबारे प्रकाश पारे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्