Spread the love

काठमाण्डौ ।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय (ईभी) माईक्रो दुर्घटना हुदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–३ स्थित कान्टारमा बाग्मती प्रदेश ००६ ख ८४३० नम्बरको ईभी माइक्रो दुर्घटनामा ८ जना घाइते भएका छन् ।

उद्धार कार्यमा खटिएका शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दीपक पाण्डेका अनुसार माईक्रोमा १५ जना भारतीय नागरिक सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको जीवितै उद्धार गरिएको छ ।
घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुरस्थित अस्पताल रिफर गरिएको छ ।

वडाध्यक्ष पाण्डेका अनुसार दुर्घटना राति करिब ८ बजे भएको हो । माईक्रो सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको थियो । घटनास्थलमा केही शव निकाल्न सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

प्रारम्भिक अनुमान अनुसार ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने बताइएको छ । पाण्डेका अनुसार उक्त सडक निर्माणाधीन रहेको, ढलान अप्ठ्यारो र निकै ठाडो भएको तथा दुर्घटना हुँदा पानी पनि परिरहेको थियो । रुट बाहिरको गाडी भएका कारण चालकलाई बाटोबारे पर्याप्त जानकारी नभएको हुन सक्ने अनुमान समेत गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्