बुटवल, १५ असोज ।
बुटवलका तिरास लाम्टाङ्गे मगरले पछिल्लो एक वर्षदेखि एउटैमात्र लक्ष्य बोकेका छन, नेपालको हस्पिटालिटी क्षेत्रलाई अन्तराष्ट्रियस्तरसम्म पहिचान दिने । होटल म्यानेजमेन्ट आफुले पढेर, विद्यार्थीहरुलाई पढाउदै आएका उनि यही क्षेत्रको प्रचारप्रसारमा लागेका छन । उनको यो काममा एउटा मोबाईल फोन, ल्यापटप, एक जना सहयोगी लिएर हिडछन । पाल्पाको गाउको एउटा ठिटो अहिले भिडियोमार्फत आफुलाई अभियान्ताका रुपमा उभ्याएका छन ।
बुटवल योगीकुटीमा ‘द कफि हब’ संचालन गरेका तिरास लाम्टाङ्गे मगर केही वर्षअघिदेखि जानीनजानी पोडकाष्ट चलाउथे । विभिन्न क्षेत्रका ब्यक्तिहरुसंग समसामयिक गफ गर्ने र सामाजिक संजालमा राख्थे । यही क्रममा असोजमा बुटवलका भर्खर सेवा शुभारम्भ गर्न लागेको हायत प्यालेसमा पुगेका थिए । उनले आफनो मोबाइलबाट नै हायत प्यालेसको परिचय दिने गरि २० मिनेटको भिडियो खिचे । यसलाई सामान्य ईडिट गरेर फेसबुकमा अपलोड गरे । उनले यो भिडियोमा ३ लाख भ्युज गयो । योसंगै उनलाई यो काममा आर्कषण भयो । उनि अब यस क्षेत्रका अधिकाश होटलहरुको चिनारी दिने गरि भिडियो बनाउन थाले । विभिन्न होटलहरुबाट उनलाई आग्रह आउन थाल्यो ।
उनि एक वर्षको अन्तरालमा सिद्धार्थ भिलास, टाईगर प्यालेस, चितवनको बनबास रिर्सोट, टाईगर ल्याड फरेस्ट रिर्सोट, काठमाण्डौ बुढानिलकण्ठको लेमन ट्रि प्रिमियर, ललितपुरको बेष्ट बेष्ट्रन प्लस, कपिलबस्तुको लुम्बिनी ग्रिन रिर्सोट, छपियाको लुम्बिनी प्यालेस रिर्सोट, पाल्पाको नाङलो, नवलपरासीको मचाङ कट्रि भिल्ला, तनहुको ल्याण्डमार्क फार्म हाउसमा पुगे । एक वर्षको अवधिमा ७ सयभन्दा बढी होटलमा उनि पुगेका छन । सामान्य होटलदेखी पाच तारे मान्यता प्राप्त गरेका होटलको भिडियो बनाएका छन । उनको यो काम अब भने अभियानका रुपमा अघि बढाउने उनले सोच बनाएका छन । ‘अबको पाँच वर्षभित्र नेपालको सबै हस्पिटालिटी क्षेत्रलाई विश्वमा चिनाउने लक्ष्य छ ।’–उनले भने । आफनै लगानीमा उनले भिडियो बनाउने गरेका छन ।
एक वर्षमा होटल पुग्दा उनी यो क्षेत्रमा अरबौ लगानी भएको बुझेका छन । यसको साथै पर्यटन क्षेत्रमा देखिएका चुनौतीका रुपमा लगानी अनुसार प्रतिफल नहुने, कर्मचारी टिकाउन कठिनाई जस्ता विषयलाई उनले उठाउने गरेका छन । सरकारको ध्यान नीतिगत रुपमा नेपालको पर्यटन प्रवद्र्धनमा जानुपर्ने उनी बताउछन । पर्यटकहरुलाई धार्मिक, ऐतिहासिक क्षेत्रमा पुग्ने सहज पहुच मार्ग, उनिहरुको सुरक्षाका साथै प्रचारप्रसारमा विशेष अग्रसरता हुनुपर्ने उनी बताउछन ।
पाल्पाको रिप्दीकोटदेखि बुटवलको ‘द कफि हब’ यात्रा
पाल्पा जिल्लाको रिप्दीकोट गाउपालिका वडा नं. ८ सोमहरमा बिसं २०४९ सालमा जन्मिएका मगर जन्मिएका हुन । पाल्पा बतासेको कालिका माबिमा एसएलसी पास गरेको थिए । त्यसपछि उनि न्यू होराईजनमा होटल म्यानेजमेन्ट विषयमा प्लस टु गरे । लगत्तै काठमाण्डौमा आईएसडी कलेजमा बिएचएम अध्ययनका लागि हानिए । सोही अध्ययनकै क्रममा एक वर्ष चाईनामा ईन्टसिप गरे । होटल ब्यवस्थापनको भर्खर आर्कषण भएका बेला पढेलेखेका उनि बुटवलमा आए ।
नेपालमै ब्यवसाय गर्ने सोच बनाएका उनले २०७२ सालमा बुटवल सुख्खानगरमा एशियन भिलेज फाईन डाईनिङ रेष्टुरेन्ट संचालनमा ल्याए । नया ठाउ र नया परिवेशमा खोलेका उनको यो ब्यवसाय दीर्घकालिन भने भएन । अर्कोतर्फ देशमा भुकम्पको प्रभावकै क्रममा करीब ६ महिनाको दौरानमा चलाउन कठिनाई भयो । करीब १० लाख रुपैया बढी लगानी गरेका उनले यो न्यून मुल्यमा बेचे । होटल ब्यवसाय छोडेर अब उनि शैक्षिक क्षेत्रमा लागे । शुरुवातमा नै बुटवलको प्रतिष्ठित क्यानन ईगलिस बोर्डिङ स्कुलमा होटल म्यानेजमेन्ट प्लस टुमा अध्यापन गर्न लागे ।
योसंगै उनले न्यू होराईजन कलेज, ग्लोरियस, मणिमुकुन्द, प्यारामाउण्टमा समेत अवसर पाए । पढाउने क्रममा नै उनी कान्तिपुर कलेजमा होटल म्यानेजमेन्ट विषयमा मास्टर अध्ययनलाई अघि बढाए । बुटवलमा १२ वर्ष अध्यापनको क्रममा उनले धेरै मेहनत गरे । उनले बिसं २०७८ सालमा शुरु गरेको ‘द कफि हब’ योगीकोटीमा ब्राण्ड बनेको छ । ब्यावसाय गर्दा सफल नभएका उनि समयको आवश्यकताका रुपमा कफि हब संचालन गरेको बताउछन । अध्यापनसंगै हस्पिटालिटी सेवा र तालिम दिने गरि यो शुरु गरे । जहा वेटर, वारिष्टा, बेकरीका एक महिना, ३५ दिने तालिमहरु दिईन्छ ।
करीब पाच वर्षका अवधिमा १० हजार बढी युवाहरुले यहाबाट तालिम लिएका छन । तालिमसकेपछि रोजगार पाउने हुदा पनि यसमा धेरै आर्कषण रहेको छ । हबबाट पिछडिएका, बिपन्न र आर्थिक स्थिती न्यून रहेका धेरै युवाहरु गृहिणी महिलाहरुलाई समेत फर्म र प्रमाणपत्र शुल्क केवल १ हजार रुपैया लिएर तालिम दिएको छ ।




















