Spread the love

बुटवल, १६ असोज ।
बुटवलमा सम्पन्न वातावरण प्रिमियर लिग (इपीएल) को उपाधि अक्सफोर्ड बोर्डिङ स्कुलले चुमेको छ । बुटवल उपमहानगरपालिका र मैनादेवी फाउन्डेसनको सहकार्यमा आयोजनमा एक महिना संचालन भएको अभियानको विहिबार समापन तथा पुरस्कार वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाअन्तर्गतका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयबीच एक महिनासम्म सञ्चालन गरिएको वातावरण प्रिमियर लिगमा दीप बोर्डिङ स्कुल द्वितीय, मणिमुकुन्द माध्यमिक विद्यालय तृतीय तथा नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय सान्त्वना भएका छन । कार्यक्रममा वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व तथा नवप्रवर्तनका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यालयलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत क्रान्ति माध्यमिक विद्यालय, बुटवलले इको एक्सिलेन्सी अवार्ड, इडेन बोर्डिङ स्कुलले कम्युनिटी हिरो अवार्ड, कालिका मानवज्ञान माध्यमिक विद्यालयले सोसल मिडिया अवार्ड, नहरपुर माध्यमिक विद्यालयले इनोभेसन अवार्ड, स्कलर्स होम बोर्डिङ स्कुलले ग्रीन इम्प्याक्ट अवार्ड, नयाँ गाउँ माध्यमिक विद्यालयले पहुँचवालिटी अवार्ड तथा न्यू होराइजन बोर्डिङ स्कुलले टिमवर्क अवार्ड प्राप्त गरेका छन् ।

त्यस्तै, बेस्ट स्कुल कोअर्डिनेटर अवार्डअन्तर्गत मणिमुकुन्द कलेजका दिनेशराज खनाल, न्यू होराइजन बोर्डिङ स्कुलका रिजिन श्रेष्ठ, दीप बोर्डिङ स्कुलकी दिपा केशरी, अक्सफोर्ड बोर्डिङ स्कुलका विश्व पन्थी तथा दीप बोर्डिङ स्कुलका कुशल अर्याल पुरस्कृत भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय केपी खनाल, कार्यक्रम संयोजक सरोज घिमिरे, दिप्सन अधिकारीले पुरस्कार वितरण गरे ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्