बुटवल, २६ असोज ।
रुपन्देहीमा दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ शुरु भएको छ । विजयादशमी तथा शुभ दीपावलीको अवसरमा जी ट्वान्टी फाइभ क्लबले खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यसहित सोमबार भएको उद्घाटन खेलमा वडा नं. ७ विजयी भएको छ । एन्फा एकेडेमी खेलमैदानमा भएको प्रतियोगितामा वडा नं. ७ ले वडा नं. १९ लाई ३–० गोल अन्तरले पराजित गरेको हो । वडा नं ७ को जितमा क्याप्टेन सुजु मल्लले १ तथा यामु रानाले २ गोल गरे । खेलमा राना म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि सोमरबार नै भएको अर्को खेलमा वडा नं. ११ ले वडा नं. १७ ले ५–० गोल अन्तरले पराजित गरेको हो । वडा नं. ११ को जितमा टोप बहादुर गाहा, शुशिल कुमार चौधरी र माधव श्रेष्ठलेले १–१ तथा विजय रायमाझीले २ ले गोल गरेका थिए । खेलमा उनि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्दै खेलमार्फत सद्भाव विकास गर्नेमात्र नभई विकासमा समेत एकतावद्ध भएर अग्रसर हुन सकिने सम्भावना रहेको बताए । बुटवलका धेरै सामाजिक संस्थाहरु यस क्षेत्रको विकासमा अग्रसर रहेको उनले बताए ।
कार्यक्रममा प्रथम पुरस्कार सौजन्यकर्ता तथा समाजेसवी विष्णु हमाल, एन्फा एकेडेमी बुटवलका डाईरेक्टर बुद्धि गुरुङ, संस्थाका उपाध्यक्ष तेजेन्द्र खनालले खेलकुद सबै उमेर र समुहलाई जरुरी रहने भन्दै यस क्षेत्रमा नै नया ढंगको फुटबलबाट खेलाडीहरुलाई एकठाउमा ल्याउन सफल भएको बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सजन कुमार भारीले खेलप्रेमीहरुको साथ र सहयोगमा खेलकुद गर्न सफल भएको बताए । प्रतियोगिताको विजेता टिमले रु. १ लाख ५ हजार ५ सय ५५ तथा उपविजेताले रु. ५५ हजार ५ सय ५५ पुरस्कार प्राप्त गर्ने खेल संयोजक रमेश कुमार जोशीले बताए । यस्तै उत्कृष्ट खेलाडीलाई रु. ७ हजार ५ सय ५५, सर्वाधिक गोलकर्तालाई रु. ६ हजार ५ सय ५५ र उत्कृष्ट गोलरक्षकलाई रु. ६ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रत्येक टिममा ४ जना ४० वर्ष पुगेको र ३ जना ४५ उमेर पुगेको हुनुपर्नेछ । पहिलो संस्करणमा वडा नं. ११ विजेता तथा वडा नं. ७ उपविजेता रहेको थियो । प्रतियोगितामा नगरभित्रका वडास्तरका भेट्रान्स खेलाडीहरुको १२ वटा टिमहरु प्रतिस्प्रर्धा गरेका छन ।






















