Spread the love

बुटवल, २६ असोज ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको बुटवल उपमहानगरपालिका वडा स्तरीय सेभेन ए साइड भेट्रान्स फुटबल कप–२०८३ मा वडा नं. ४ र १३ विजयी भएका छन । जी ट्वान्टी फाइभ क्लबको आयोजनामा एन्फा एकेडेमी खेलमैदानमा सोमबार दिउसो भएको खेलमा वडा नं. ४ ले वडा नं. ६ माथि २–० गोल तथा वडा नं.१३ ले वडा नं. ८ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ का लक्ष्मण गौतम र वडा नं. १३ का रक्षा गुरुङ प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्न्तरगत मंगलबार बिहान वडा नं. ७ र २ तथा वडा न. ३ र ११ बिचमा खेल हुने संयोजक रमेश कुमार जोशीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्