काठमाडौं, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दुई तीन दिन देखि ज्वरो र रूघाखोकी र निमोनियाको लक्षण देखिएका कारण अस्पताल भर्ना गरिएको हो ।
शनिबार बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको आचार्यले बताए । स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा र सरकारले बजेट प्रस्तुत गर्दा संसदमा पनि अनुपस्थित थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















