Spread the love

बुटवल,१५ साउन ।

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ बाट नक्कली नोट सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश सिद्धार्थनगर सोहरतगढ बस्ने २१ वर्षिय अभिषेक कसौधन र भारत महाराष्ट्र बस्ने २४ वर्षिय यश बाउसाहेब ब्राम्हण रहेका छन् ।

उनीहरुबाट भारतिय नक्कली नोट ५०० दरको १४० थान, विभिन्न कम्पनीका मोबाईल २ थान र भारतीय आधार कार्ड २ थान बरामद भएको प्रहरीले जनाएको छ । भारतीय नक्कली नोटको कारोबार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनालाई अदालतबाट ५ दिन म्याद थप गरि अनुसन्धान कार्य जारी रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कुष्ण कुमार चन्दले बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्