भैरहवा,१६ जेठ । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ४५३ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले भारतको कुशीनगरमा पुगेर उनीहरूको उद्धार गरी बेलहिया नाका हुँदै नेपाल फर्काइएको हो ।
उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा नेपाल प्रहरीको टोली भारत गएको थियो ।भारतको सुनौली हुँदै बेलहिया नाका मार्फत नेपाल ल्याइएका उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ ।
आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई घर पठाउने तयारी गरिएको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश कुँवरले बताए । कुँवरका अनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पु¥याएर बन्धक बनाइएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















