Spread the love

बुटबल,१५ साउन ।

रुपन्देही व्यापार संघले तराईका विभिन्न जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेको छ । संघले सुनसरी, सिराहा, धनुषाको संघका अध्यक्ष प्रकाश ढकालद्वारा शुक्रबार जारी वक्तव्यमा जनकपुर क्षेत्र तथा मोरबका केही सीमावर्ती क्षेत्रमा भएका घटनाले जनधनको क्षति हुनुका साथै सामाजिक सद्भाव र व्यापार–व्यवसायसमेत प्रभावित भएको जनाएको छ ।

वक्तव्यमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठूलो शक्ति भएको बताइएको छ । सामाजिक सद्भाव, शान्ति, आपसी सहिष्णुता तथा राष्ट्रिय एकताको संरक्षण र प्रवद्र्धन गर्नु सबै नागरिकको साझा दायित्व भएको संघले जनाएको छ ।

संघले वर्तमान परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । साथै व्यापार–व्यवसाय, उद्योग, यातायात तथा दैनिक जनजीवनलाई सहज र सुरक्षित बनाउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएको छ ।

वक्तव्यमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने संघले जनाएको छ

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्