Spread the love

बुटवल, १५ साउन ।
ब्यवसायिक एकता, ब्यवसायमा पारदर्शिता : महासंघको प्रतिवद्घता नारासहित स्थापना भएको नेपाल सुनचादी ब्यावसायी महासंघको १३ र १४ औ वार्षिक साधारण सभा रुपन्देहीमा हुने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि साउन १६ गते बुटवलमा हुने साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको महासंघका अध्यक्ष अर्जुन रसाईलीले बताए । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैधबाट कार्यक्रम उद्घाटन हुने उनले बताए ।

पत्रकारको प्रश्नमा अध्यक्ष रसाईलीले सुनको ब्यापार अहिले न्यून रहेको भन्दै राज्यबाट २५ किलो सुन दैनिक आयात हुनेमा ७ किलोभन्दा बढि आयात नभएको बताए । सुन बैकमा होल्ड भएको समेत उनले बताए । सुन बजारमा बिक्रीका लागि धेरै आएको बताउदै अब ब्यवसायीहरुले अब सुन कहा बेच्ने भन्ने ब्यवस्थापनको कुरा राष्ट्र बैकमा उठाइरहेको बताए ।

अन्तराष्ट्रिय बजारमा भएको अभ्यासलाई नेपालमा पनि लागू गर्न जरुरी रहेको तर्क दिदै उनले उत्पादन कम्पनी खडा गरेर गोल्ड बैक अवधारण ल्याउन लागेको बताए । राज्यले बिलासिता कर हटाएर सीप प्रवद्र्धन शुल्कको नाममा ०.५ प्रतिशत करलाई सकारात्मक रुपमा लिएको उनले बताए । ब्यवसायीहरुलाई ट्याकिङ गर्ने गरि सरकारबाट ल्याएको कर मान्न तयार भएको उनले बताए । अर्कोतर्फ भारतमा १५ प्रतिशत भन्सार शुल्क हुदा नेपालमा भने २० प्रतिशत लिईदा यसले उपभोक्तालाई नै मार पर्ने उनले तर्क दिदै यो समायोजन गर्न सरकालाई आग्रह गरेको उनले बताए । हाल नेपालमा ८० हजार बंगलादेशी कालिगढ नेपालमा काम गर्दै आएको तर्क दिदै उनले नेपाली कालिगढ भने विदेश जाने गरेको बताए । नेपाली युवाहरुलाई स्वदेशमा नै आर्कषण गर्ने गरि तालिम र स्वरोजगार बनाउने योजना बनाएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा संयोजक दिनेशरत्न शाक्यले सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ अनुसार नेपालमा वाणिज्य बैकहरुमात्र सुन आयात गर्ने गरेको उनले बताए । कार्यविधि अनुसार नै सुनको बजार मूल्य निर्धारण हुने भन्दै उनले कहिलेकाही अन्तराष्ट्रिय बजारसंग मुल्य समायोजनमा समस्या हुदा संस्थागत दबाबहरु समेत दिदै आएको उनले बताए । कार्यक्रममा पूर्व अध्यक्ष मोहन सुनार, प्रबक्ता जिवनज्योति सदाशंकरले सुन ब्यवसायको जोखिम न्यूनिकरणमा सरकारबाट जोड दिनुपर्ने तर्क दिए । महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत संघ र २३ वटा एशोसियसन सदस्यहरु सहित करिब ७ सय जना कार्यक्रममा सहभागीता रहने छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्