Spread the love

मणिग्राम, २८ वैशाख ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा आयोजित कार्यक्रममा चार जना प्राध्यापकहरूले आफूले सम्पन्न गरेको अनुसन्धान कार्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपप्राध्यापकहरू तारा प्रसाद पराजुली, माया घिमिरे, कृष्णकुमार रेग्मी र मुक्तिनाथ गैह्रेले आफ्ना अनुसन्धान कार्य प्रस्तुत गरेका थिए ।

अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले प्राध्यापकहरूको प्रस्तुत अनुसन्धानमाथि जिज्ञासा राख्दै सुझावसमेत दिएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले कक्षाकोठा शिक्षण, प्राज्ञिक गतिविधि, सामाजिक विकास तथा प्राध्यापकहरूको अनुसन्धान क्षमता अभिवृद्धिका लागि क्याम्पसबाट विभिन्न अनुसन्धानमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

त्यसैगरी, अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले क्याम्पसको गुणस्तर प्राध्यापकहरूको अनुसन्धानात्मक प्रगतिसँग जोडिएको उल्लेख गर्दै सबै प्राध्यापकलाई अनुसन्धानमा सहभागी गराउन विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्