Spread the love

बुटवल, २८ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो संस्करणको उपमेयर कप महिला फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले गोलको वर्षा गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ९–० गोल अन्तरले हेटौडा फुटबल एकेडेमी मकवानपुरलाई पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो ।

अब सेमीफाईनलमा पुलिसले डिफेन्डिङ च्याम्पियन ट्रिनिटी क्लब वालिङसंग वैशाख ३० गते सामना गर्ने छ । नेपाल पुलिस क्लब भर्खरमात्र सम्पन्न झापा गोल्डकप र पोखरामा सम्पन्न महिला फुटबलको समेत च्याम्पियन भएको थियो ।

सिद्धेश्वर खेलमैदानमा भएको एकतर्फी खेलमा पुलिसकी निर्मला विकेले प्रतियोगिताको पहिलो ह्याट्रीक गरिन । खेल शुरु भएको खेलको पाचौ मिनेटमा सम्झना लावतीले नेपाल पुलिसलाई खाता खोलिन । खेलको आठौ मिनेटमा मनिषा राउतले गोल थप्दै गोल अन्तर दोब्बर गरिन । साहारा लिम्बूले खेलको २२ औ मिनेटमा डिबक्सभन्दा बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । दोस्रो हाफमा पुलिसले आधा दर्जन गोल थप्यो । खेलको ४२ औ मिनेटमा निर्मला बिकले गोल गरिन ।

यसैगरि खेलको ४५ औ मिनेटमा निरु थापाको पासमा निर्मला उपाध्यायले गोल गरिन । खेलको ४९ औ मिनेटमा पाएको कर्नल प्रहारलाई अनिस्का शेर्पाले हेडमार्फत गोल गरिन । खेलको ५० औ मिनेटमा निरु थापाले अर्को गोल गरिन । निरुको क्रसलाई निर्मला बिकले गोल गरिन । निर्मला बिकले खेलको ७६ औ मिनेटमा आफनो हयाट्रिक पुरा गरिन । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

मंगलबार संकटा क्लब काठमाण्डौ र कपिलबस्तु –११ कपिलबस्तुका बिचमा पहिलो चरणको अन्तिम खेल हुने छ ।
दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार पुरस्कार रहेको परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिमले प्रतिस्प्रर्धा गर्ने सचिव दीपक गुरुङले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्