बुटवल, १५ साउन ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले वृक्षारोपण कार्यक्रमलाई निरन्तता दिएको छ । माण्डब्य सेवाश्रम बुटवल परिसरमा क्लबले शुक्रबार वृक्षारोपण कार्यक्रम गरेको हो । रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको एक लाख बिरुवा रोप्ने लक्ष्य अनुसार क्लबले दोस्रो हप्ता वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको हो । सेवाश्रम परिसरमा विभिन्न फलफुल तथा आर्कषक फुलका बिरुवाहरु लगार्ईएको छ ।
वृक्षारोपण कार्यक्रमसंग संरक्षणमा विशेष ध्यान दिदा क्लबबाट गरिएको कार्यक्रम सफल भएको अध्यक्ष धर्मदत्त ज्ञवालीले बताए । सहि स्थानको छनौट गरि बिरुवाहरु रोप्ने र त्यसको संरक्षणलाई समेत निरन्तरता दिदै आएको उनले बताए । डिष्ट्रिकको लक्ष्य अनुसार आफुहरुले एक हजार बिरुवा रोप्ने तयारीमा रहेको उनले बताउदै करीब ६ सय बिरुवा वृक्षारोपण भैसकेको बताए । “अब लक्ष्मीनगरमा समेत वृक्षारोपण गर्ने तयारी छ ।’–उनले भने ।
क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकालले डिष्ट्रिकको लक्ष्य अनुसार देशभरमा १६१ क्लबहरुले न्यूनतम ६ सय बिरुवा रोप्न जरुरी रहेको बताए । विशेष गरि क्लबबाट समाजमा प्रभाव पर्ने विभिन्न मन्दिर, आश्रम, बाटाका डिभाईडरहरु छनौट गरि हरियाली प्रवद्र्धन हुने गरि कार्यक्रम गरेको उनले बताए ।
कार्यक्रममा सेवाश्रमका अध्यक्ष माधव ज्ञवाली, रोटरी क्लब अफ बुटवल साउनका अध्यक्ष तथा सेवाआश्रमका सचिव नित्यानन्द ज्ञवाली, क्लबका पुर्वअध्यक्ष शिव ज्ञवाली, सचिव योगेन्द्र प्रसाद पन्थीले सामाजिक कार्यमा सहकार्य जरुरी रहने भन्दै रोटरीबाट गरिएको समाजका विभिन्न पक्षको बारेमा प्रकाश पारेका थिए ।
यसैबिच कार्यक्रममा क्लबका अध्यक्ष धर्मदत्त ज्ञवालीले सेवाश्रामका अध्यक्ष माधव ज्ञवालीलाई सफलता प्राप्तीका चारसुत्रिय कसी (फोर वे टेष्ट) तथा मायाको चिनो हस्तान्तरण गरेका थिए । क्लबले गतहप्ता मिलनचोकको सडक डिभाईडरमा ४ सय बिरुवा वृक्षारोपण तथा संरक्षणको काम भएको थियो ।





















