Spread the love

काठमाडौं,३ वैशाख । काठमाडौंको खुलामञ्च आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । विहिवार बिहान काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले खुलामञ्च औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको बताएकी छिन ।

योग, ध्यान तथा साउण्ड हिलिङ जस्ता स्वास्थ्यसम्बन्धी क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यसहित आजदेखि खुलामञ्च सर्वसाधारणका लागि खुला गरिएको हो ।

खुलामञ्च क्षेत्रमा दुबो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका पूर्वाधार कार्यहरू सम्पन्न भएसँगै खुलामञ्चलाई व्यवस्थित रूपमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिएको महानगरपालिकाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्