Spread the love

बुटवल, ३ बैशाख ।
रुपन्देही डेरी ब्यवसायी समितिमा आवद्ध ब्यवसायीहरुको क्षमता विकास गर्ने उदेश्यका साथ दुई दिने स्तरोन्नती प्रशिक्षण कार्यक्रम शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा रुपन्देही डेरी ब्यवसायी समिति बुटवलको आयोजनामा विहिबारदेखि बुटवलमा डेरी उपकरण, परिक्षण, दुध ब्यवसायीहरुको जिम्मेवारी र ब्यवसायिकताका विषयमा तालिम दिईएको हो ।

तालिमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै आम उपभोक्ताहरुको हकहितमा सधै सरकार लाग्ने बताईन । बजारमा खाद्यान्नमा हुने मिसावट रोक्न अनुगमनलाई निरन्तरता दिदै आएको भन्दै यसमा सबै नगरबासीहरुबाट साथ र सहयोग गर्न आग्रह समेत गरिन ।

तालिममा डेरी ब्यवसायी कपिलदेव न्यौपानेले डेरी उपकरण र परिक्षण तथा प्रयोग विधिबारे जानकारी दिए । दुधको शुद्धतामा मिल्क एनेलाईजर, ल्याक्टोमिटर, थर्मामिटर लगायत सामाग्रीहरुको प्रयोगमा विशेष ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्ण प्रसाद अर्यालले दुध ब्यवसायीहरुको जिम्मेवारी र ब्यवसायिकताका बारे प्रकाश पारे ।

यसैगरि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलुवाईले खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र दूध तथा दुग्ध पदार्थ स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ को कार्यान्वयनमा जोड दिएका छन् । उनले उत्पादकहरूलाई उपभोक्ताको अधिकार र खाद्य सुरक्षाप्रति जिम्मेवार हुन प्रस्तुति मार्फत सचेत गराएका छन् । समितिमार्फत दुध संकलन गरि मापदण्ड अनुसार मुल्य निर्धारण गरेर विक्री गर्न सके ब्यवस्थित र उपभोक्ता समेत शुद्धता पाउन सक्ने उनले बताए । ब्यवसायीहरुलाई प्याकेजिङ गरेर बिक्रि गर्दा स्विकृति लिने र आवश्यक मापदण्ड पुरा गर्न समेत उनले सुझाव दिए । दुधमा कास्टिक सोडा मिसाउने गुनासो आउने गरेको हुदा यो नगर्न समेत आग्रह गरे। गाईको गोठदेखि उपभोक्ताको ओठसम्म स्वच्छ र शुद्धता जरुरी रहने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष विष्णु पाण्डेले ब्यवसायीहरुको हकहितसंगै अधिकारको पक्षमा आवाज आफुहरु निरन्तर लागेको बताए । क्षमता विकाससंगै ब्यवसायीहरुलाई तालिममा ल्याक्टोमिटर, थर्मामिटर जस्ता आवश्यक सामग्री वितरण समेत गरिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका पशुपंक्षि विभाग शाखाका झबिन्द्र बन्जाडे, बुटवल उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, समितिका महासचिव याम प्रसाद शर्माले दुधजन्य पदार्थको उपयोग र तालिमको महत्वबारे प्रकाश पारे । संघमा हाल ढाई सय ब्यवसायीहरु आवद्ध रहेका छन ।

 

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्