काठमाडौं,३ वैशाख । राष्ट्रिय सतर्कता केन्द्रले विभिन्न सरकारी कार्यालयमा छड्के अनुगमन गरी ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ ।
कार्यालय समयमा नआउने कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालमा राखिने जनाइएको छ ।
ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । जनसम्पर्क धेरै हुने जिल्लाका सरकारी कार्यालयमा केन्द्रले दैनिक अनुगमन गरिरहेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले बताए ।






















