Spread the love

बुटवल, २४ माघ ।
शनिबारदेखी आईसिसि टि–२० विश्व कप २०२६ शुरु भएको छ । यसपटक प्रतियोगितामा नेपाली टिमको प्रदर्शनको निक्कै चर्चा चलिरहेको छन । नेपाली खेलाडी, टिममात्र होईन अझ प्राविधिक रुपमा पनि दक्ष जनशक्ति उत्पादनमा नेपाल सक्षम छ भन्ने उदाहरण दिने गरि ढोका विश्वकपले ढोका खोलेको छ । यो विश्वकपमा भैरहवाका रोशनलाल गुप्ताले फ्रिलेन्स स्कोररको अवसरमा पाएका छन । नेपाल क्रिकेट संघका आठ जना अनलाईन स्कोरर मध्ये गुप्ता एक हुन ।

नवलपरासी स्थाई भएका उनि यसअघि भैरहवामा बसोबास गर्छन । एमसीसी टिमबाट उनि विभिन्न क्रिकेट प्रतियोगिता समेत खेलेका छन । पछिल्लोसमय राष्ट्रिय प्रतियोगितामा स्कोरिङ्ग गरेका उनि एनपीएलको दुबै संस्करणमा सहभागी भए । नेपालमा सम्पन्न भएको एनपीएलका कारण गुप्ता जस्ता युवाहरुलाई अवसरका ढोका खुलेको पूर्व अन्तराष्ट्रिय खेलाडी तथा एम्पायर सन्जय गुरुङ्गले बताए । ‘एनपीएलमा गुप्ताको कामलाई देखेर नै स्टार प्रोडक्स टिमले अवसर दिएको हो ।’–उनले भने । नेपालले क्रिकेटको क्षेत्रमा खेलाडी मात्रै होइन प्राविधिक जनशक्ति पनि तयार गरेको प्रमाणित गरेको उनले दाबी गरे ।

यो विश्वकपमा गुप्ताको ७ वटा प्रतियोगितामा स्कोरिङ्ग गर्ने डिजाईन अन ए डिम प्रालिसंग सम्झौता भएको छ । शनिबार कलकत्ताको खेल सकेर आईतबार चेन्नईमा हुने प्रतियोगितामा पुग्नेछन । उनी टेलिभिजन टिमसंग बसेर ल्यापटपमार्फत प्रतियोगिताको लाईभ स्कोरर अपडेट गर्नेछन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्