Spread the love

काठमाडौं,२५ माघ । आईसीसी टी–२० विश्वकप क्रिकेट आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। भारत र श्रीलंका संयुक्त आयोजक रहेको प्रतियोगिताको उद्घाटन खेल आज भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ। उद्घाटन खेलमा आयोजक राष्ट्र भारत र अमेरिका नेपाली समयअनुसार बेलुकी ७ः१५ बजे भिड्दैछन् ।

उद्घाटन खेलअघि वानखेडे स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरिनेछ। नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुने समारोहमा संगीत, नृत्य र विशेष प्रस्तुति रहनेछ। समारोहको सुरुवात गायक ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ।
समारोहको आकर्षणका रूपमा एक जेटप्याक कलाकारले विश्वकप ट्रफीलाई उडाउँदै मैदानमा ल्याउनेछन्। त्यसपछि आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्माले ट्रफीको स्वागत गर्नेछन्। सहभागी २० वटै राष्ट्रका बालबालिकासँगै उनीहरूले विश्वकपको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
समारोहमा चर्चित गायक बादशाह र अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीको विशेष प्रस्तुति रहनेछ ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ। समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ (माघ २५) मा इंग्ल्यान्डसँग खेल्नेछ भने अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा स्कटल्यान्डसँग हुनेछ। नेपालका सबै चार खेल मुम्बईमै हुनेछन् ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्