Spread the love

बुटवल, १६ साउन ।
सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै व्यवसायीहरुले सो माग गरेका हुन् ।

सय अर्ब भन्दा बढि लगानी रहेको सुनचाँदी व्यवसायीको संरक्षणका लागि कानुनी सुरक्षाका लागि छुट्टै ऐनको आवश्यकतामा उनीहरुले जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैद्यले राज्यलाई कर तिरेर पनि व्यवसायीहरु ढुक्क हुने अवस्था नभएको बताउँदै सुनचाँदी व्यवसायीहरुको सुरक्षाका लागि ऐन जारी गर्नुपर्ने बताए ।

उनले स्पष्ट नीति र नियम लागू गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय ऐन शिघ्र ल्याउन आफूहरुको तर्फबाट समेत पहल भइरहेको बताए । उनले नेपालको मौलिक परम्परा, संस्कृतीमा समेत सुन, चाँदी र हिरा मोती जस्ता गहनाहरुको महत्व रहेको उल्लेख गर्दै व्यवसायीले लगानी गरेको अर्बोको लगानीको सुरक्षा राज्यले गर्नुपर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृता विकले सुनचाँदी बहुमुल्य धातु भएको र यस्तो व्यवसायमा राज्यबाट पाउनु पर्ने सुबिधा कम भएको बिषयमा आफूहरुको ध्यान गएको बताईन । उनले वर्तमान सरकार र आफू सांसदको रुपमा व्यवसायीहरुको अप्ठ्यरामा साथ दिने बताए । उनले सुनचाँदी व्यबसायमा लगाउँदै आएको करका कारणले उपभोक्ताहरुलाई परेको मारलाई समेत सरकारले ध्यान दिनुपर्ने बताईन ।

यस्तै पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले सुनचाँदी व्यवसायका समस्याका बारेमा तीनै तहका सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायीहरुको समस्याका बारेमा विगतदेखि नै आफूले सक्दो पहलकदमी गर्दै आएको बताउँदै व्यवसायीहरुको सुरक्षा हुनुपर्ने बताए । उनले नेपाल उद्योग बाणिज्य संघले समेत सुनचाँदी व्यबसायलाई सोचेजति ध्यान दिन नसकेको बताए ।

यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सुनचाँदी व्यवसायमा नेपाली कारीगढहरु उत्पादन गर्ने तर्फ काम गर्नुपर्ने सुझाव दिए । उनले बुटवलमा मात्रै ५ हजार भन्दा धेरै देश बाहिरका युवाहरु रोजगारीमा रहेको बताउँदै सिटिईभिटी अन्तर्गतको पाठ्यक्रम बनाएर जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाईलीले सरकारले बार्षिक २० अर्बको हाराहारीमा राजस्वमा योगदान गर्दै आएको सुनचाँदी व्यवसायीहरुको सुरक्षा गर्न ऐन ल्याउन माग गरे । उनले सुनचाँदी व्यवसायमा हालसम्म नीति नियमको अभावमा देवानी संहितामा सुनचाँदी गरगहनालाई नगद सम्पत्तिको स्पष्ट ब्याख्या गरिए पनि खरिदविक्रि नगदसरहको मान्यता नपाएको बताए । उनले यहि कारणले प्रहरी प्रशासनबाट पिडित हुनुपरेको गुनासो गरे ।

कार्यक्रममा नेपाल उध्योग बाडिज्य महासंघका बस्तुगत समितिका नरेश राज श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण कुमार शर्मा, महासंघका सल्लाहकार रणेन्द्र बराईली, उद्योग बाणिज्य महासंघका प्रतिनिधिले बोल्दै व्यवसायीहरुको सुरक्षामा राज्यले चासो दिन नसकेको बताए । उद्घाटनसत्रका अवसरमा स्वर्ण दर्पण स्मारिकाको विमोचन समेत गरिएको थियो ।
साधरणसभामा महासंघमा आवद्ध ८४ जिल्ला÷नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरुको सहभागिता रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्