बुटवल, ३० पुस ।
लायन्स क्लबका जन्मदाता मेल्विन जोन्सको १४७ औँ जन्मजयन्तीको अवसरमा विविध सामाजिक कार्यक्रम गरि मनाईएको छ । लायन्स डिष्ट्रिक ३२५ पी अन्तर्गत एरिया ३ र ४ को संयुक्त आयोजनामा मंगलबार बुटवलमा सप्ताहव्यापी कार्यक्रमको औपचारिक सम्पन्न भएको हो ।
समापन कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गभर्नर बलराम भट्टराईले लायन्स क्लबहरुबाट समुदायमा गरिएको योगदानबारे चर्चा गर्दै सबैको सहकार्यबाट सामाजिक क्षेत्रमा सकारात्मक ऊर्जा फैलिएको दाबी गरे । सप्ताहव्यापी मेल्विन जोन्स अभियानअन्तर्गत सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने क्लबलाई अवार्डसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा आईपीपी पुरुषोत्तम भक्त प्रधानाङ्ग, फष्ट भिडिजी सन्दीप कशोधन, सेकेन्ड भिडिजी मिना पन्थी, पीएमसीसी शुनिल बज्राचार्य, पीडिजी अर्जुनमान शैजु, पीडिजी महेन्द्र नारायण श्रेष्ठ, डिष्ट्रिक सचिव एम.एल. पाण्डे, डिष्ट्रिक कोषाध्यक्ष संगम न्यौपाने, जिएसटी आशिष कृष्ण श्रेष्ठ, एरिया ३ का एरिया चिफ कृष्णप्रसाद पाण्डे र एरिया ४ की एरिया चिफ प्रबिना घिमिरेले लायनबाद र समुदायको सम्बन्धबारे चर्चा गरे ।
यसैबिच सामाजिक सहयोगअन्तर्गत एरिया ३ र एरिया ४ का विभिन्न क्लबमार्फत सहयोग जुटाएर गुल्मी सत्यवती गाउँपालिका–४, लिम्घाका क्यान्सर पीडित १० वर्षीय ईश्वर शर्मालाई आर्थिक सहयोग तथा प्यारालाइसिस पीडित इन्द्रकुमारी शाहीलाई ह्वीलचेयर हस्तान्तरण गरिएको एरिया ३ कार्यक्रम संयोजक नविनप्रसाद श्रेष्ठले बताए ।






















