बुटवल, ३० पुस ।
विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यका साथ क्यानन माध्यमिक विद्यालयमा ‘तीन दिने स्पोर्टस मिट’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुविच विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएको हो ।
विद्यालयको बार्षिक क्यालेन्डर अनुसार ‘स्पोर्टस डे’ गरिएको विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपानेले बताए । खेलकुदलाई अतिरिक्त क्रियाकलाप नभई अनिवार्य रुपमा बनाउने गरि विद्यालय अघि बढ्दा विद्यार्थीहरु शैक्षिक र बाहिरी ज्ञान प्राप्तीमा समेत अब्बल भएको बताए ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई विद्यालयका सहप्राचार्य विष्णु प्रसाद न्यौपाने, शिक्षक सुरेश घिमिरे, अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरी, शिक्षकहरु विजय पराजुली, बिनिता पंगेनी, शिक्षक पुष्पा केसीले प्रमाणपत्र र मेडलबाट पुरस्कृत गरे ।
प्रतियोगिता अन्तर्गत कबडडी, फुटबल, भलिबल, क्रिक्रेट, एथेलेटिक्स विभिन्न विधाका खेलहरु सञ्चालन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । प्रि–नर्सरीदेखि कक्षा १२ सम्मका ८ सय विद्यार्थीहरुले विभिन्न खेलमा सहभागी भएका थिए । यसैगरि अभिभावकहरुको कुर्ची दौड प्रतियोगिता समेत गरिएको थियो ।





















