Spread the love

बुटवल, ३० पुस ।
शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (बनबाटिका)को १५ औ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कार्यक्रमको लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री भगवती अधिकारी घिमिरेले उद्घाटन गर्दै नेपालकै नमुना पार्कको रुपमा बनबाटिका रहेको बताईन । प्रदेशकै गौरव गर्न सकिने गरि पार्कको पूर्वाधार विकासमा केन्द्रका पदाधिकारीहरुको योगदान महत्वपूर्ण रहेको उनले बताईन । आन्तरिक र बाह्य पर्यटकमात्र नभई अध्ययन अनुसन्धानका लागि समेत गन्त्ब्य स्थलको रुपमा विकास गर्ने गरि लाग्नु सुझाव दिदै उनले यसका लागि प्रदेश सभाबाट आवश्यक कानुन बनाउनेतर्फ समेत पहल गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुईटेलले देशभरका पार्क समितिहरुलाई संगठित गर्दै पार्कहरुको ब्यवस्थापनमा जोड दिने गरि अघि बढेको बताए । पार्कको विशिष्टिकरण आजको आवश्यकता भएको भन्दै उनले आवश्यक कानुन अभावका कारण कठिनाई भोग्नुपरेको दुखेसो गरे ।

कार्यक्रममा केन्द्रका अध्यक्ष खिमलाल पाण्डेयले संस्थाको वार्षिक प्रगति विवरण पेश गर्दै प्रत्येक वर्ष पर्यटक भित्रने दर बढ्दो रहेको बताए । गत आर्थिक वर्षमा ३ लाख ५६ हजार १ सय ९ जना पर्यटकहरु बनबाटिका अवलोकनमा आएको भन्दै उनले यो वर्ष अझ बढ्ने आकलन रहेको बताए । पार्कलाई प्राकृतिक रुपमा सौन्दर्यिकरणका लागि विधिहरु अप्नाएको उनले बताए । केन्द्र परिसरमा कार्यालय सभाहल, शहिद पार्क, चिडियाघर, बालउद्यान, बाल रेल, पुस्तकालय, बिपी बाटिका, पुष्पलाल पार्क, पिकनिक स्पट, थारु संग्राहलय, मन्दिरहरु गरि कुल २४ वटा विभिन्न संरचनाहरु निमार्ण भएको उनले बताए ।

कार्यक्रममा शहिद स्मृति विकास समिति पार्क संरक्षक बसन्त कुमार श्रेष्ठ, शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले कंक्रिटको थुप्रो न्यूनिकरण हुने गरि पूर्वाधारमा जोड दिनु सुझाव दिए । कार्यक्रममा कोषाध्यक्ष मनिराम भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

केन्द्रमा ७१५ जना आजिवन सदस्य, ६६ जना साधारण सदस्य गरि कुल ७८१ जना सदस्यहरु रहेका छन । यसैगरि ३३ जना स्थानियहरुले रोजगार पाएको केन्द्रका सचिव बिदुर केसीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्