काठमाडौं,१६ साउन ।
पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जाको मृत्यु भएको छ । बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले शनिबार सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै हिमपहिरोमा परी ज्यान गएको पुष्टि गरेको हो ।
जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















