Spread the love

बुटवल । नेपाली फाइटर गुमान ‘गनम्यान’ घर्तीमगरले हिमालयन फाइट नाइट–भोल्युम १ मा शानदार जित हात पारेका छन् । दार्जिलिङ जिमखाना क्लबमा शनिबार सम्पन्न प्रतियोगिताको ५७ केजी तौल समूहअन्तर्गत के–वान नियमको प्रतिस्पर्धामा गुमानले भारतको शिलोङका फाइटर डोनबोक नोङक्रमलाई पराजित गरेका हुन् ।

प्रतिस्पर्धामा गुमानले सुरुदेखि नै आक्रामक र प्रभावशाली प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेका थिए । उनको उत्कृष्ट प्रदर्शनसँगै उनले प्रतिस्पर्धा आफ्नो पक्षमा पार्न सफल भए ।

डब्लुबिसि मुवाथाई नेपालका फेदरवेट च्याम्पियनसमेत रहेका गुमानको यो जितले अन्तर्राष्ट्रियस्तरमा नेपाली फाइटरको उपस्थिति र क्षमता प्रदर्शन गरेको छ । हिमालयन फाइट नाइट–भोल्युम १ मा नेपाल र भारतका फाइटरहरूबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्