बुटवल, २४ साउन ।
रुपन्देहीमा छरिएर रहेका सेफहरु संगठित भएका छन । आईतबार भएको भेलाबाट हिरा सोनीको नेतृत्वमा रुपन्देही सेफ सोसाइटी गठन भएको हो । जसको उपाध्यक्ष कृष्ण तिवारी, सचिव सन्दिप बयम्बु, सहसचिव यादव पराजुली, कोषाध्यक्ष विष्णु कुँवर सर्वसम्मपत चयन भएका छन । यसैगरि सदस्यहरुमा राजेन्द्र घिमिरे, देउखर्क आचार्य, वीर बहादुर सिन्जाली, मनोज थापा, भोजराज सापकोटा रहेका छन । यसैगरि कार्यसमितिको पहिलो बैठकबाट संस्थाको सल्लाहकारहरुमा राहुल राई, सन्तोष अर्याल, टेक विष्ट, एलवी कौशल, देवीलाल सोमई, नारायण पहराई, माधव कुमार खनाल, कृष्ण भण्डारी, खुम बहादुर बस्नेत, कृष्ण अधिकारी तथा प्रेस सल्लाहकारमा पत्रकार सन्त कुमार श्रेष्ठलाई चयन गरेको छ ।
यसअघि भएको कार्यक्रमको ईन्टरनेश्नल नेप्लिज सेफ सोसाईटी महासचिव तथा वरिष्ठ सेफ अनिल कुँवरले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै नेपाली पाक कला र खानालाई अन्तराष्ट्रिय फोरमसम्म पुग्ने गरि संस्थाबाटछ पहल गर्ने बताए । नेपाली सेफहरु धेरै उत्कृष्ट भएको दाबी गर्दै अब उनिहरु सामाजिक संजालमार्फत आफनो कलालाई विश्वसामु चिनाउने गरि लाग्नसमेत आग्रह गरे ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव कुमार खनालले पेशामध्येको उत्कृष्ट पेशाका रुपमा सेफ भएको भन्दै हस्पिटालिटी क्षेत्रको महत्वपूर्ण मेरुदण्डका रुपमा रहेको बताए । होटल ब्यवसायी र सेफ बिच नङमासुको सम्बन्ध हुने तर्क दिदै उनले रुपन्देही जिल्लामा सेफहरुलाई एकजुट गराई संस्था स्थापना गर्ने महत्वपूर्ण काम भएको बताए । सेफ एशोसियसनको सिफारिसका आधारमा होटलमा रोजगार दिनेसम्मको सहकार्य गर्न सकिने उनले बताए । ‘हामीले सेफहरुको सेफ गर्छौ ।’–उनले भने । रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा सम्भावना छ भन्ने प्रमाणित गर्ने आधार पनि यो संगठनबाट दिएको उनले बताए ।
कार्यक्रममा सेफ कृष्ण तिवारीले धेरै मेहनत र निरन्तरताबाट हासिल गरेको उपलब्धिबारे अनुभव सुनाए । १९९५ मा भारतमा रेष्टुरेन्ट हुदै स्टार होटल र दुबईमा सेभेन स्टार होटल, मरिसस हुदै पुनः नेपालमा फर्केर क्लब डेभेनोमा लामो कामको अनुभव सुनाए । सेफमा खानाको भेराईटीको राम्रो ज्ञान जरुरी रहने भन्दै सिकाई निरन्तरता रहने बताए । ३० वर्षको लामो अनुभव सुनाउदै नया समयसापेक्ष रुपमा ज्ञान लिदै अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हिरा सोनी, खत्री ग्रुपका संचालक विष्णु भुषाल, सेफ सन्तोष अर्यालले उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसग सरोकार राख्ने हुदा पनि किचनको सुरक्षा र सेफको भुमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा जिल्लाका विभिन्न होटलमा कार्यरत ६० बढी सेफहरुको सहभागीहरु रहेको थियो ।





















