कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत अवस्थामा भेटिएका छन् । तीन दिनदेखि सम्पर्कविहीन रहेका सिंहको शव कपिलवस्तुको गोरुसिङ्गे जंगल क्षेत्रमा फेला परेको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर सिंह कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रमा बेपत्ता थिए । उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















