Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तेस्रो संस्करणको एनपीएलको मिति घोषणा गरेको हो । क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६) सञ्चालन हुनेछ ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । यसपटक एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ । यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो । तिहारको समयमा दुई दिनबाहेक अन्य दिन खेल सञ्चालन गर्ने क्यानको तयारी छ । एनपीएलका लागि खेलाडी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले विभिन्न टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइरहेका छन् ।

यद्यपि, क्यानले प्रतियोगिताको मिति घोषणा गरे पनि खेलतालिका भने सार्वजनिक गरेको छैन। प्रतियोगितामा सहभागी टोली, खेलस्थल र खेलतालिकाबारे थप विवरण पछि सार्वजनिक गरिनेछ । एनपीएलको तेस्रो संस्करणलाई लिएर टोलीहरूले खेलाडी छनोट र विदेशी खेलाडी अनुबन्धलाई तीव्रता दिइरहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्