Spread the love

बुटवल, २३ साउन । बुटवलमा शारीरिक सुगठन खेल तथा खेलाडी उत्पादनमा योगदान गर्दै आएको निवोध एरोबिक एण्ड जिमको आयोजनामा प्रथम प्रेम स्मृति इन्टर निर्बोध एरोबिक एण्ड जिम फुटसल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।जिमका सञ्चालक तथा खेलाडी चन्द्रमान श्रेष्ठका स्वर्गीय बुवाको स्मृतिमा शनिबार जिमका खेलाडीहरूबीच अन्तरनिर्बोध फुटसल प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचन, पत्रकार स्वस्तिक श्रेष्ठ, निहारिका फिल्म प्रालिका निर्देशक दिपक श्रेष्ठ, पी एण्ड पी कोल्ड स्टोरका कार्यालय प्रमुख अजय भुज, लुम्बिनी फुटसल एरिना योगिकुटीका सञ्चालक स्वरूपमान श्रेष्ठ, प्रमुख रेफ्री तथा नवबुद्ध युवा क्लबका अध्यक्ष सुमित कार्की र सहायक रेफ्री डेविड थापाले खेलाडीले एउटा खेलमा मात्र नभई अन्य खेलका आधारभूत ज्ञानसमेत हासिल गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा जिम हाउसका खेलाडीलाई ६ टोलीमा विभाजन गरी प्रतिस्पर्धा गराइएको जिमकी सञ्चालक मन्जिता राजभण्डारीले बताइन्। प्रतियोगिता दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको उनले जानकारी दिइन्।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितालाई आगामी दिनमा जिल्ला हुँदै राष्ट्रियस्तरमा विस्तार गर्ने उद्देश्य रहेको जिमका सञ्चालक तथा प्रशिक्षक चन्द्रमान श्रेष्ठले बताए। खेलाडीको शारीरिक क्षमता विकाससँगै विभिन्न खेलप्रतिको रुचि र सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्