Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यको राजस्वमा योगदान गर्ने करदातालाई सरकार सधैं सम्मान र प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै लामिछानेले उद्यमी तथा व्यवसायीको करमार्फत राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उनीहरूलाई सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति र करदातामैत्री वातावरण निर्माण गर्न सके उद्यमशीलता विस्तारसँगै रोजगारी सिर्जना र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने बताए । सरकार गठन भएको चार महिनामै सरकारले के ग¥यो भनेर प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै लामिछानेले सरकारले विस्तारै काम अघि बढाइरहेको दाबी गरे । आगामी दिनमा सरकारका कामको परिणाम देखिने गरी अघि बढिरहेको उनको भनाइ थियो ।

सरकारले आफूले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै लामिछानेले सरकार आफ्नो बाटोबाट विचलित भए निगरानी र खबरदारी गर्ने राजनीतिक शक्ति आफूहरूसँग रहेको बताए । सरकारले गलत बाटो लिए आवश्यक हस्तक्षेप र खबरदारी गर्न आफूहरू सक्षम रहेको उनको भनाइ थियो ।

लामिछानेले सरकार युवा लक्षित रहेको दाबी गर्दै युवालाई स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए । विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै युवाले नेपालमै सम्भावना खोजेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले युवाको उद्यमशीलताले उत्पादन, रोजगारी र राजस्व वृद्धि हुँदै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्