बुटवल, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा १९९ मत प्राप्त गरी शालिकराम घिमिरे निर्वाचित भएका छन् ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी मत प्राप्त गरेका र रुपन्देहीका मधुप्रसाद अर्यालले सबैभन्दा कम १९ मत प्राप्त गरेका थिए ।
५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिए पनिे घिमिरले सशालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका बताए ।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ मत प्राप्त गरेका थिए । मतदानमा ८४३ मतदाता रहेकामा ५५२ मत मात्र खसेको थियो ।





















