काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति कोशी प्रदेश तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ ।
देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ । राति तथा बिहानको समयमा तराईका विभिन्न स्थान, उपत्यका र खाँच क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।






















