बुटवल, ९ कार्तिक ।
पाल्पा कराम्दीमा सम्पन्न ‘स्वर्गिय गिता पाण्डे र स्वर्गिय मिन प्रसाद पराजुली स्मृति दोस्रो खुला नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८३’ को उपाधि देविनगर क्रिकेट क्लबले चुमेको छ । विजयादशमी तथा शुभ दिपावली २०८३ को अवसरमा पाल्पा रिब्दीकोट–१ ख्याहा रूपन्देही सम्पर्क समाजको आयोजनामा कराम्दी खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा अर्जुन जेन्जि क्रिकेट क्लबलाई पराजित गर्दै देविनगरले उपाधि चुमेको हो ।
उपाधिसंगै देविनगर नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता अर्जुन जेन्जि क्रिकेट क्लब नगद ३१ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा देवीनगरका जगत क्षेत्री वेस्ट बलर, म्यान अफ दी सिरिज र वेस्ट व्याटसम्यान जेञ्जी क्लबका पिन्टु साहनी भए । फाईनल खेलमा देवीनगरका सागर गैरे म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई क्लबका संस्थापक अध्यक्ष तुल्सी पराजुली, अध्यक्ष नारायण बहादुर पहराई, महासचिव तथा खेल संयोजक युवराज पराजुली, सहसंयोजक प्रेमप्रकाश पाण्डेले पुरस्कार वितरण गरे । प्रतियोगितामा गतवर्ष लुम्बिनी स्र्पोटस कपिलबस्तु विजेता रहेको थियो ।






















