काठमाडौँ,३१ जेठ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्ने अनुमति नदिइने भएको छ ।
कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरूको कार्यक्षेत्रमा पर्ने कुनै पनि सडक खन्न स्वीकृति नदिइने उल्लेख गरिएको छ ।
कार्यालयले सूचना मार्फत अनुमति बिना सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ ।
कार्यालयका अनुसार वर्षायाममा धारा, ढल, विद्युत्, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्ने र तत्काल मर्मत सम्भार गरी पूर्वावस्थामा ल्याउन कठिन हुने र यसले सडकमा थप क्षति पु¥याउने भएकाले यस्तो निर्णय गरेको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















