Spread the love

बुटवल, ३१ जेठ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रुपन्देहीले आइतबार बुटवलमा रक्तदातालाई सम्मान गरेको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर सम्मान गरेको हो । नियमित रक्तदान गरेर महत्वपूर्ण भूमिका खेलेका झण्डै सय जना रक्तदातालाई तीन समूहमा विभाजन गरी सम्मान गरिहेको हो ।

कार्यक्रममा २ महिलासहित स्वर्णपदकबाट ८ जना, २ महिलासहित २७ जना रजत पदकबाट र ५३ जनालाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रगत संकलन र विरामीको सेवामा रक्तसञ्चार केन्द्र बुटवलले उत्कृष्ट कार्य गरेको बताए ।

रगत नपाए बुटवल जानु भन्ने रक्तदाताको अभियानले सार्थकता पाएको बताउदै मेयर पाण्डेयले रेडक्रसका लागि उपमहानगरपालिकाले आगामी वर्ष बजेट पनि सुनिश्चित गर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेन्डन डा.विष्णु गौतमले निरोगी व्यक्तिले हरेक तीन/तीन महिनामा नियमित रक्तदान गर्न अवश्यक रहेको बताए ।

प्रादेशिक अस्पताल संघीय अस्पतालमा रुपान्तरण हुन सक्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, रुपन्देही सभापति रामचन्द्र उपाध्याय, रक्तसञ्चार केन्द्र बुटवलका बेनबहादुर पौडेल क्षेत्री प्राध्यापक सुदर्शन नेपाल, रक्तदाताहरु महेश खनाल लगायतले बोलेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्