बुटवल, २ जेठ ।
लुम्बिनी बोर्डिङ स्कुलबाट एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यार्थीहरुलाई बाजागाजासहित सम्मान तथा नगर परिक्रमा कार्यक्रम गरेको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बिष्णु प्रसाद ढकाल, प्याब्सनका केन्द्रिय सदस्य यज्ञमूर्ति पाण्डे, विद्यालयका अध्यक्ष दयाराम बश्याल, मणिमुकुन्द सेन कलेजका प्राचार्य टुक बहादुर क्षेत्री, विद्यालयका प्राचार्य लालहरि पाण्डेले विद्यार्थीहरुलाई सम्मान गरेको हो । यसवर्ष एसईईमा विद्यालयबाट आर्जना पाण्डे र निर्भिक ज्ञवालीसहित सतप्रतिसत उतिर्ण गरेका ३३ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
पंचेबाजा सहित विद्यालय परिसरबाट निस्किएको रयाली गोलपार्क हुदै गणेश मन्दिर परिक्रमा गरेको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष बिष्णु प्रसाद ढकालले यो परीक्षा पास भएसंगै थप जिम्मेवारी आएको बताए ।
यस क्षेत्रमा ईतिहास बोकको विद्यालय समयको माग र प्रविधिमैत्री आजको युग अनुसार शिक्षा दिने गरि अघि बढेको उनले बताए । मणिमुकुन्द सेन कलेजका प्राचार्य टुक बहादुर क्षेत्री शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानकै कारण राम्रो रिजल्ट आएको भन्दै यसलाई निरन्तर कायम राख्नुपर्ने बताए ।
भिडियो रिर्पोट




















