Spread the love

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित रेन्जर पोस्ट क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्राफिक प्रहरीले चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार शुक्रबार बिहान करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतिय नम्बर डिएल ४ सिएनई ९४१२ को टोयोटा कारलाई चेकजाँच गरिएको थियो । जाँचका क्रममा सवारीसँग आवश्यक भन्सार तथा अन्य कागजात नभेटिएपछि कारलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे ल्याइएको थियो ।

प्रहरीका अनुसार कार चालकले आवश्यक कागजात छुटेको भन्दै लिन जाने बताए पनि लामो समयसम्म नफर्किएपछि शंका लागेर सवारी साधनको थप जाँच गरिएको थियो। त्यसक्रममा कारको दोस्रो सिट पछाडि फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा ‘हरियानामा मात्र बिक्रीका लागि’ लेखिएको २३३ बोतल मदिरा फेला परेको प्रहरीले जनाएको छ ।

बरामद मदिरा र कारलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्