बुटवल,२ जेठ । तिलोत्तमा नगरपालिको आयोजनामा ‘तिलोत्तमा बाल सम्मेलन–२०८३’ शनिबार सम्पन्न भएको छ । सम्मेलन ४ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको हो । सम्मेलनमा बालबालिकासँग सम्बन्धीत विषयमा प्यानल डिस्कर्सन गरिएको थियो ।
सम्मेलनको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै नगरपालिकाले बालबालिकाहरुलाई साझेदारको रुपमा लिने गरेको बताए । साथै विद्यार्थीहरुलाई पढाईसँगै अतिरिक्त क्रियाकपालमा पनि अब्बल बनाउन आवश्यक रहेकोमा उनले जोड दिए ।
बालबालिकाको क्षमता विकासका लागि गर्ने लगानी खेर नजाने भएकाले तिलोत्तमाले बालबालिकाको क्षमता विकासका लागि मन खोलेर लगानी गरेको बताए ।कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरीले बालबालिकालाई हरेक विषयमा अब्बल बनाउनु अहिलेको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, तिलोत्तमा नगरपालिकाका विपद व्यवस्थापन समिति संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्री, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनिप्रसाद शर्मा, कार्यपालिका सदस्य राधा शाही, तिलोत्तमा नगरपालिकाका १ देखि १७ वटै वडाका वडा अध्यक्ष, नगर बालमैत्री समन्वयकर्ता सारदा घिमिरेलगायतको सहभागिता रहेको थियो ।





















