Spread the love

बुटवल,२ जेठ । रुपन्देही व्यापार संघ सल्लाहकार परिषदको संयोजकमा माधब नेपाल चयन भएका छन् । शुक्रबार संघको सचिवालयमा सम्पन्न पदाधिकारी तथा सल्लाहकारको भेलाबाट नेपाल संयोजक पदमा चयन भएका हुन् ।

कार्यक्रमा संघका अध्यक्ष प्रकाश ढकालले संघले हालसम्म गरेका गतिविधिहरु जानकारी गराउदै संघले आगामी दिनमा गर्न सकिने कार्यक्रमका सन्दर्भमा सल्लाहकारहरुको राय सुझाव संकलन गरिएको बताए ।

कार्यक्रममा संघका सल्लाहकार जोगलाल वि.क., बैकुण्ठप्रसाद कोइराला, तेजप्रसाद सुनार, गोविन्द घिमिरे, तुल्सीराम बञ्जाडे, मनिमदिन मिया, खिमानन्द पोखरेल, नगेन्द्र आचार्य, वजिर शाह, दधिराम खरेल, हेमबहादुर थापा, लेखनाथ ढकाल, शेरबहादुर के.सी., नारायण घिमिरे,मुकुन्द ज्ञवाली लगायतले रुपन्देही क्षेत्रको व्यापार व्यवसायीको संरक्षण र नीतिगत सुधारका लागि कार्यसमितिलाई आवश्यक सल्लाह र सुझाव दिदै संघले शिक्षा र स्वास्थ्य सङ्गै पर्यटनको क्षेत्रमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्