काठमाडौँ —
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा रोयल च्यालेन्र्ज बेंगलुरुले जित निकालेको छ । विराट कोहलीको उत्कृष्ट नटआउट १ सय ५ रनको मदतले रोयल च्यालेन्र्ज बेंगलुरुले बुधबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । यो जितसंगै बेंगलुरु लिग तालिकाको शीर्षमा उक्लेको छ ।
ओपनर कोहलीले ६० बलको इनिङ्समा ११ चौका र तीन छक्का प्रहार गरे । यसक्रममा बेंगलुरुले चार विकेटमा १ सय ९४ रन बनाएको थियो । यो जितपछि बेंगलुरुको १६ अंक भएको छ । कोहली यसअघिका दुई इनिङ्समा शून्यमा आउट भएका थिए ।
कोलकाता भने नौ अंकमा आठौं स्थानमा छ । उसले पहिले ब्याटिङ गर्दै चार विकेटमा १ सय ९२ रन बनाएको थियो । त्यसमा अंगकृश रघुवंशीले सर्वाधिक ७१ रन बनाए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















