Spread the love

बुटवल,२ चैत । बुटवलमा जारी महामेलामा सोमबार आएको हावाहुरीसहितको पानीले विभिन्न संरचनामा क्षति पु¥याएको छ ।
हावाहुरीका कारण ४० वटा व्यापारिक स्टल, १२ वटा होटल तथा रेस्टुरेन्ट, लण्डन ब्रिज, स्ट्याचु अफ लिबर्टी, करिब २०० मिटर बाउन्ड्री तथा कश्मीर हिल पूर्णरूपमा क्षतिग्रस्त भएको मेला संयोजक गोविन्दप्रसाद भुसालले जानकारी दिए।

मंगलबार क्षतिग्रस्त संरचनाको निर्माण तथा मर्मत कार्य गरी बुधबारदेखि मेला नियमित रूपमा सञ्चालन गरिने मेला मूल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले बताए।

मौसमका कारण सोमबार कलाकारहरूको प्रस्तुति पनि स्थगित भएको सांस्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए । चैत १ गतेदेखि सुरु भएको महामेला चैत २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्